स्पर्श लघुवित्तको आइपिओमा किन ओइरिए लगानीकर्ता

५ बर्ष अगाडि

काठमाडौं – स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओमा ३३ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ८३ लाख २७ हजार ६३० कित्ताका लागि आवेदन परेको हो ।

बिक्री प्रबन्धकका अनुसार बुधबारसम्म बजेसम्म ३ लाख ३ हजार ४४ जनाले ८३ लाख २७ हजार ६३९ कित्ता माग गरेका छन् ।

कम्पनीले गत फागुन २६ गतेदेखि २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १३४० कित्तासम्म भर्न पाइने व्यवस्था थियो ।

संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो । संस्थाले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारीलाई ४ हजार १४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ कित्ता छुट्टाइएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया