ईजी मोबाइलको दुई स्मार्टफोन एकै मासिक किस्ताबन्दीमा

५ बर्ष अगाडि

काठमाडौं – रु १ मा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रा.लि.ले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको छ । 

कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो ।

कम्बो अफरमा एउटा स्मार्टफोन किस्तामा लिँदा अर्को स्मार्टफोन सस्तो मूल्यमा नै लान सकिने गरि कम्बो किस्ताबन्दी अफर ल्याएको हो । यो योजनामा तोकिएका ब्राण्ड र मोडलका दुई स्मार्टफोनहरु एकैपटक मासिक किस्ताबन्दीमा लान सकिनेछ । अर्थात एउटै मासिक किस्तामा दुईवटा मोडलका स्मार्टफोनहरु ग्राहकले किन्न पाउने छन् । त्यसको लागि ग्राहकहरुले केबल रु १ रुपैयाँ तिरेपछि घर लैजान सक्नेगरि मासिक किस्ताबन्दीमा सहभागी हुन पाउनेछन् ।

कम्बो मासिक किस्ताबन्दी अफरमा सामसंगको हालै सार्वजनिक ग्यालेक्सी एस १० संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । त्यसैगरि ग्यालेक्सी एस१०प्लस संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । सामसंग एम २० का साथमा सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन रु१ मासिक किस्तामा लाने कम्बो अफर पनि उपलब्ध छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया