सरकार थप आक्रामक, विप्लवलाई सघाउनेलाई पनि कारवाही

५ बर्ष अगाडि

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द विप्लव समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोसुकैलाई कारवाही गर्ने भएको छ । 

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय गरेको जानकारी गराएका हुन् । 

त्यस्तै अवैद्य हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारवाही नहुने निर्णय भएको सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया