‘ए मेरो हजुर ३’को रोमान्टिक गीत ‘जिन्दगी नै भन्दिनँ’ रिलिज, हेर्नुहोस् (भिडियोसहित)

५ बर्ष अगाडि

काठमाडौँ – अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ को पहिलो रोमान्टिक गीत युट्युब रिलिज भएको छ । प्रदर्शन मिति दिनप्रतिदिन नजिकिँदै गर्दा निर्माण टिमले शुक्रवार फिल्ममा समावेश ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत सार्वजनिक गरेको छ । गीतको भिडियोमा अनमोल र सुहाना फिचर्ड छन् ।

सुगम पोखरेल र ‘फूल हैन’ फेम्ड गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द छ । आकाश अविरलले गीतमा संगीत भरेका छन् । नेपालसँगै अमेरिकाका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अनमोल र सुहानाको जोडी सुहाएको देखिन्छ । सुहानालाई भिडियोमा बोल्ड देखिएको छ ।

चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया