लोकसभा चुनाव लड्दै सञ्जय दत्त !

५ बर्ष अगाडि

एजेन्सी – भारतीय अभिनेता सञ्जय दत्त लोकसभा चुनाव लड्ने भएका छन् । ५९ वर्षिय सञ्जय आउने निर्वाचनमा चुनाव लड्ने बताइएको छ ।

मिडिया रिर्पोटका अनुसार सञ्जयले उत्तर प्रदेशको गाजियाबाद विधान सभामा चुनाव लड्न सक्छन् । तर यो पुष्टि भने भइसकेको छैन । आजतकका अनुसार उनीलाई एसपी वा बीएसपी जुनकुनै पार्टीले पनि पार्टीमा सहभागी बनाउने सम्भावना रहेको छ ।

यसअघि २०१३ मा फिल्म सुटिङका क्रममा सञ्जयले राजनीतिक दुनियाँ विल्कुलै फरक रहेको प्रतिक्रिया दिएका थिए । सञ्जय त्यो भन्दा पहिले समाजवादी पार्टीमा आवद्ध थिए ।

सञ्जयका पिता सुनील कांग्रेस सांसद हुनुका साथै खेलमन्त्री पनि बनेका थिए भने उनकी दिदि प्रिया दत्त लोकसभा सांसद भइसकेकी छिन् । उनलाई कांग्रेसले नै टिकट दिएको थियो । आमा नगरिस पनि १९८० मा राज्यसभाका लागि चुनिएकि थिइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया