राष्ट्र बैंकले आज १३ अर्बको  ट्रेजरी बिल बिक्री गर्दै

५ बर्ष अगाडि

 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज  रु १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको  ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको  ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ ।

 बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको  ट्रेजरी बिल बिक्री गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया