यस्तो शो लिएर झुल्किए सुनील ग्रोवर

६ बर्ष अगाडि

लामो समयको प्रतिक्षा पछि दर्शकले कमेडियन सुनील ग्रोवरलाई शोमा देख्न पाएका छन् । उनी गत शनिबारबाट सुरु भएको वेब शो ‘दे धना धन’  मार्फत पर्दामा फर्किएका हुन् । कपिल शर्मा शोमा निकै रुचाइएका पात्र डा. महशुर गोलाटी बनेका सुनील यो शोमा शिल्पा शिन्देका साथ देखिएका छन् । 

सुनील र बिग बोस ११ की बिजेता शिल्पा शिन्देको नयाँ यो शो ‘दे धना धन’ दर्शकले निकै मन पराए । शोले दर्शकका लागि कमेडी र क्रिकेटको भरपुर डोज ल्याएको छ ।
शोका लागि अहिलेसम्म सकारात्क प्रतिक्रिया मात्र मिलिरहेको छ । यो शो जियो एपमा शनिबार ७ः ३० आउने गर्दछ । शोमा सुनील नक्कली अमिताभ बच्चनका रुपमा प्रस्तुत भएका छन् । 
सुनीलले शोको सुरुवात ‘देबियो और सज्जनो’बाट गर्ने गरेका छन् । शोमा उनको साथमा सुगन्धा मिश्रा लता मंगेश्कर बनेर देखिएकी छन् । शोमा अली अुगर पनि देखिएका छन् । जो ठाकुरको भुमिकामा देखिएका छन् ।े भने सो सरुवाका सम्बन्धमा माओवादी मन्त्रीहरुले  तीब्र असन्तुष्टि जनाएका थिए । 
बैठकले  नयाँ शैक्षिक सत्रमा भर्ना अभियानलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्रीदेखि, राजनीतिक दलका नेता, कलाकार बुद्धिजीवि, पत्रकारलगायात समाजका हरेक तह र तप्काका व्यक्तिलाई  एक बच्चा विद्यालयसम्म पुर्याउनको लागि पहल गर्न समेत बैठकले आहवान गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया