यी बलिउड अभिनेत्री जसलाई मोटोपनले कहिल्यै छोएन

५ बर्ष अगाडि

एजेन्सी – बलिउड फिल्म उद्योगमा कुनै भूमिकाका लागि अभिनेता–अभिनेत्री आफ्नो तौललाई कहिले घटाउँने–बढाउँने गरिरहन्छन् । तर, यस्ता केही अभिनेत्री पनि छन्, जसलाई मोटोपनलाई लिएर कहिल्यै त्यति चिन्ता लिनु परेन वा भनौ मोटोपन बढ्दै दिएनन् । जान्नुहोस्, यी सूचिमा कुन–कुन सुपरअभिनेत्री पर्छन् ।

१. प्रियंका चोपडा – बलिउडबाट हलिउडमा यात्रा तयार पारेकी अभिनेत्री प्रियंका चोपडा अहिले ३४ बर्ष पुगिन्, तर उनले कहिल्यै मोटोपनलाई लिइर चिन्ता लिनु परेन । प्रियंकाले सन् २००३ मा ‘द हिरो’ फिल्मबाट डेब्यु गरेकी छिन् । हाल प्रियंकाको हलिउड फिल्म ‘बेवाच’ रिलिजमा छ ।

२. क्याट्रिना कैफ – त्यस्तै अर्की अभिनेत्री क्याट्रिना कैफले पनि आफ्नो तौललाई नियन्त्रणमा राखेकी छिन् । ३३ बर्षीय क्याटले सन् २००३ मा ‘बूम’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनको पछिल्लो फिल्म ‘बार–बार देखो’ गत बर्ष रिलिज भएको थियो ।

३. दीपिका पादुकोण – अभिनेत्री दीपिका पादुकोणले पनि हलिउडको यात्रा तय गरेकी छिन् । ३१ बर्षीय दीपिकाले ‘ओम शान्ति ओम’ फिल्म मार्फत् सन् २००७ बाट डेब्यु गरेकी थिइन् । यसै बर्ष दीपिकाको पहिलो हलिउड फिल्म ‘एक्सएक्सएक्सः द रिटर्न अफ जेन्डर केज’ रिलिजमा आएको छ ।

४. काजोल – सदाबहार सुन्दरी अभिनेत्री काजोल ४२ बर्ष पुगिसकिन्, तर कहिल्यै उनले आफ्नो तौललाई लिएर चिन्ता लिन परेन् । सन् १९९२ मा फिल्म ‘बेखुदी’बाट काजोलले डेब्यु गरेकी थिइन् । पछिल्लो पटक कजोल फिल्म ‘दिलवाले’मा देखिएकी थिइन् ।

५. करिश्मा कपूर – ४२ बर्षीया करिश्मा कपूरले ‘प्रेम कैदी’बाट सन् १९९१मा बलिउडमा डेब्यु गरेकी थिइन् । उनलाई पछिल्लो समय फिल्म ‘बोम्बे टोकीज’मा देखिएको थियो ।


६. शिल्पा शेट्टी – उमेर – ४१ बर्ष । डेब्यु फिल्म – ‘बाजीगर’ (सन् १९९३) । पछिल्लो समय शिल्पा शेट्टी रियालिटी शोमा देखिएकी थिइन् ।

८. नरगिस फखरी – ३७ बर्षीय अभिनेत्री नरगिस फखरीले सन् २०११ मा ‘रकस्टार’ फिल्मबाट डेब्यु गरेकी थिइन् । उनको फिगर सदावहार एकैनासको छ, उनलाई मोटोपनले अहिलेसम्म सताएको छैन ।

९. मलाइका अरोडा – सलमान खानकी बुहारी मलाइका अरोडालाई ‘हट आइटम गर्ल’ भनिने गरिन्छ । उनले फिल्म ‘दिल से’बाट आयटम गर्लको रुपमा डेब्यु गरिन् । अहिले उनी आफ्नो सुन्दरता विभिन्न रियालिटो शोमा देखाउँने गर्छिन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया