मुकेशले ऋण तिरिदिएपछि जेल जानबाट जोगिए अनिल

५ बर्ष अगाडि

काठमाडौं– नेपालीमा एउटा उखान छ ‘बाघको अनुहार हेर्नु परे बिरालोको हेनुै र शत्रुको अनुहार हेर्नु परे दाजु भाइ अनुहार हेर्नु’ ।

विगत लामो समयसम्म भारतीय व्यापारी मुकेश आम्बनी र अनिल आम्बानीको पनि अवस्था नेपाली उखानको जस्तै थियो ।
 मुकेश हरेक वर्षको धनीको उच्च स्थानमा चढीरहेको बेला अनिल आम्बानी भने चरम संकटमा फसेका थिए ।  उनले ४५३ करोड भारतीय रुपैयाँ जम्मा नगरे जेल जानु पर्ने अवस्था आइलागेको थियो । तर पारिवारिक कटुता बिर्सेर मुकेशले अनिलाई जेल जानबाट जोगाइदिएका छन् ।
भारतका चर्चित उद्योगपति मुकेश अम्बानीले एक अर्कासँगको पुरानो मनमुटाव बिर्सिएर भाई अनिलको ऋण तिरिदिएपछि जेल जानु पर्ने वाध्यताबाट छुटकारा पाएका छन् ।
अनिलको कम्पनी आर कमले एरिक्सनलाई तिर्न बाँकी रहेको ४५३  करोड भारतीय रुपैयाँ दाजु मुकेशले तिरिदिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सर्वोच्च अदालतले ऋण तिर्नका लागि आजसम्मको समयसीमा दिएको थियो ।
उक्त रकम  नतिरेको खण्डमा आरकमका अध्यक्ष अनिल  ३ महिनाको जेल सजाय हुने अवस्था थियो ।
दाजुले ऋण तिर्न सहयोग गरेपछि भाइले दाजुप्रति कृतज्ञता ब्यक्त गरेका छन । संकटको समयमा दाजु मुकेशले भाई अनिललाई साहारा दिए जसबाट एरिक्सनको ५५० करोड रुपैयाँ भुक्तानी गर्न आरकम सफल भएका छन् ।

दाजु भाउजुले अफ्ठेरो समयमा गरेको मद्दतले परिवारको मूल्यमान्यता तथा महत्वलाई कायम राखेको भन्दै भाई अनिलले आभार प्रकट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एरिक्सन बिवादमा भारतको सर्वोच्च अदालतले गत जनवरी २० मा आदेश दिएको थियो । सो आदेश अनुसार चार साता भित्र रकम चुक्ता गर्न आदेश दिएको थियो । उक्त रकम चुक्ता नगरे अनिल ३ महिना जेल जानुपर्ने थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया