आजको शेयर बजार

६ बर्ष अगाडि

मंगलबार सेयर बजार दोहोरो अंकले (—१७.५५ अंक) घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन (सोमबार)  ९४ करोड रुपैयाँ  बढीको कारोबार भएको बजारमा मंगलबार करेक्सन हुँदा  कारोबार रकम ३४ करोड ९० लाख  रुपैयाँमा सिमित भएको हो । बजारमा लगानीकर्ताको आत्मविश्वास अझै फर्किनसकेको कारोबारबाट प्रष्ट हुन्छ । यस दिन १.३६ प्रतिशतले बजार घटेको हो ।  १६० कम्पनी सामेल भएको बजारमा ९ लाख ३ हजार कित्ता सेयर किनबेच भएको छ ।  बजार १२७०.२३ अंकमा आएर रोकिएको छ ।  सबैभन्दा बढी बिमा समुह ९४.६३ अंकले घटेको छ । यस्तै उत्पादन तथा प्रशोधन समुह ६९.५ अंकले घटेको छ ।  जलविद्युत तर्फ ४०.५८ अंकको गिरावट आएको छ । 
भर्खरमात्र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको बुटवल पावर कम्पनीमा लगानीकर्ता तानिएका छन् । बजार दोहोरो अंकले घट्दा बुटवल पावर कम्पनीको सबैभन्दा बढी १ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा नबिल बैंकको १ करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने तेस्रोमा युनिलिभर लिमिटेडको ९६ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया