किन सधैं विवादित बनिरहन्छन् मध्यपुरका मेयर मदनसुन्दर ?

५ बर्ष अगाडि

भक्तपुर– मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवालीबीच सतहमै देखिनेगरि द्वन्द्व बढ्दै गएपछि नगरपालिकाको काम कारवाही शंकाको घेरामा परेको छ । एक साताअघि नगर प्रमुखको कार्यकक्षमा प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठकै उपस्थितीमा दुईजनाबीच भनाभन र हात हालाहालको स्थिती सिर्जना भएपछि आन्तरिक द्वन्द्व सतहमा आएको हो । आफ्नो मानमर्दन गरेको र योजनाहरु असफल पार्न लागिपरेको आरोप प्रमुख श्रेष्ठको छ भने नियम विपरित योजनाहरु सञ्चालन गरेर जवजस्ती योजना स्विकृत गराउन दबाब दिएको आरोप प्रमुख प्रशासकिय अधिकृतको छ । जनताद्वारा निर्वाचित नगर प्रमुख र कार्यकारी अधिकार प्राप्त बिशिष्ट श्रेणीका कर्मचारीबीचको विवादले नगरपालिकाभित्र केही गलत कामहरु भइरहेको छ भन्ने संकेत गरेको छ । अहिले ज्ञवाली मन्त्रालयमा हाजिर हुन थालेका छन् भने मेयर श्रेष्ठ अर्को प्रमुख प्रशासकिय अधिकृतको खोजीमा छन् । यो विवादपछि कार्यकारी प्रमुख ज्ञवाली कुनै पनि हालतमा मध्यपुरमै फर्कने र नगर प्रमुखका गलत काम रोक्ने भन्दै सरुवा रोक्न लागिपरेका छन् भने कुनै हालतमा सरुवा गराएर छोड्ने नगर प्रमुखको अडान छ । नगरपालिकाका कार्यकारी अधिकार प्राप्त जनप्रतिनिधी र कर्मचारीबीचको विवादपछि कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत दुई खेमामा विभाजित बनेका छन् । मेयर श्रेष्ठले कार्यकारीको पक्षमा लाग्ने कर्मचारी र जनप्रतिनिधिलाई समेत कारवाही गर्ने चेतावनी दिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. २ का अध्यक्ष राम थापामगरले बताउनुभयो । प्रवक्ता थापाले भन्नुभयो, ‘अहिलेको घटनालाई लिएर नगर प्रमुखले तत्काल नगरकार्यपालिकाको आकस्मित बैठक बोलाएर के भएको हो सबै जानकारी गराउनुपथ्र्यो, तर उहाँले त्यसो गर्नु भएन । आफुखुशी मन्त्रालय गएर कार्यकारीको सरुवा गराएको प्रचार गर्नुभयो । यदि कार्यकारी सरुवा नै गरेको हो भने तत्काल अर्को कार्यकारीको व्यवस्था गर्न सक्नुप¥यो अन्यथा अहिलेकै कार्यकारीले जिम्मेवारी पाउनुपर्छ ।’
‘मेयरले कार्यकारीको पक्षमा लाग्ने जनप्रतिनिधिलाई समेत कारवाही गर्ने चेतावनी दिएको सुनेको छु’ वडाअध्यक्ष थापामगर भन्नुभयो, ‘हेरौं कसरी कारवाही गर्ने हिम्मत गर्नु हुँदोरहेछ ।’ मेयरको अहिलेको कार्यशैलीका कारण जतिसुकै कार्यकारी फेरेपनि अवस्था उस्तै रहने प्रवक्ता थापामगरको भनाई छ ।
मेयर–कार्यकारीबीचको द्वन्द्वपछि अहिले कमेरोटार जग्गा एकिकरण आयोजनाका प्रमुख पनि फेरिएका छन् । आयोजना प्रमुखमा सत्यसुन्दर श्रेष्ठलाई प्रमुख श्रेष्ठले फाल्गुण २९ गते करारमा नियुक्त गरेका हुन् । आयोजना प्रमुखमा नियुक्त सत्यसुन्दर अनियमितता मुद्दामा इन्जिनियरिङ्ग काउन्सिलले लाइसेन्स खारेज गरिदिएका व्यक्ति भएको प्रवक्ता थापामगरको दावी छ । विवादित व्यक्तिलाई नियुक्त गरेर मेयर श्रेष्ठ फेरी अर्को विवादमा मुछिएका छन् । 

किन विवादमा आइरहन्छन मेयर मदनसुन्दर ?

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ निर्वाचित भएदेखि नै विवादित छन् । नेकपा एमालेबाट मेयरमा निर्वाचित भएपनि नगरसभा र नगर कार्यपलिकामा दुई तिहाईको संख्या नेपाली कांग्रेसले जितेको छ । मेयर पदलाई नै सर्वोपरी ठानेका श्रेष्ठले त्यसबेला आफ्नो अधिकार र हैसियत थाहा पाए जुनबेला आफुले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरु एकपछि अर्को गर्दै नगर कार्यपालिका बैठकबाट अस्विकृत हुन थाल्यो । नगर कार्यपालिकाबाट योजना अस्विकृत भएपछि मेयर श्रेष्ठले आफु खुशी मनोमानी योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न थाले । यसको बिरोधमा नगर कार्यपालिका सदस्यहरुले बिरोध र आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरे । मेयर श्रेष्ठले नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स कार्यपालिका निर्णय विनै कोरिया नेपाल मैत्री अस्पताललाई हस्तान्तरण गरे । एकलौटी यो निर्णयले कार्यपालिका बैठक नै अवरुद्ध हुने गरि विवाद सिर्जना भयो । विवादपश्चात एम्बुलेन्स पुनः नगरपालिकामै फर्काउने निर्णय भयो । पछि कार्यपालिका बैठकले नै एम्बुलेन्स अस्पताललाई दिने निर्णय गयो । यो घटनाले मेयर श्रेष्ठको धज्जी उडाउने काम भयो । त्यो घटनाको केही समयपछि नगरपालिकाले स्थापना दिवस मनाउने निर्णय ग¥यो । कांग्रेसबाट निर्वाचित उपप्रमुख, वडा अध्यक्ष र सदयहरुले कार्यक्रम सञ्चालनको प्रक्रियाप्रति असन्तुष्टि जनाउदै कार्यक्रम बहिस्कारको घोषणा गरे । अन्ततः नगरपालिकाको स्थापना दिवस कांग्रेस निकट जनप्रतिनिधिहरु र एमाले निकट जनप्रतिनिधिहरुले गत बर्ष चैत्र २१ र २२ गते छुट्टाछुट्टै रुपमा मनाए । यो बर्ष पनि चैत्र १४ गते नगरपालिकाको ३३औं स्थापना दिवस मनाउनका लागि वडा नं. २ का अध्यक्ष राम थापामगरको संयोजकत्वमा समिति गठन गरिएको छ तर, नगर प्रमुखले स्थापना दिवस मनाउने तयारीका सम्बन्धमा समन्वय नगरेको र आफुखुशी निर्णय गर्दै हिडेको वडा अध्यक्ष थापामगरको गुनासो छ ।
चन्दा नदिएको भन्दै विप्लव माओवादीका कार्यकर्ताद्धारा मेयर श्रेष्ठमाथि २०७५ बैशाख ८ गते आक्रमण भयो । उनको उपचार मध्यपुर अस्पतालमा गरियो । उपचारपश्चात ५ दिनपछि अस्पतालले घरमै आराम गर्नेगरि डिस्चार्ज ग¥यो । तर, मेयर श्रेष्ठले पदको दुरुपयोग गर्दै नगरपालिकाले सञ्चालन गरेको कोरिया नेपाल मैत्री अस्पतालमा पुनः भर्ना भई सान्त्वना प्राप्त गर्न नेता, कार्यकर्ता भेट्ने थलोका रुपमा प्रयोग गरेको आरोप कर्मचारीहरुले लगाएका छन् । आफुमाथि आक्रमण हुँदा समेत प्रधानमन्त्री तथा नेकपा नेता केपी शर्मा ओली भेट्न नआएको भन्दै मेयर श्रेष्ठ आजसम्म पनि रुष्ट छन् । 
८ महिनाअघि बोडे खानेपानी योजना सञ्चालन गरि गठ्ठाघर, बालकुमारी र थिमिमा खानेपानी विस्तार गर्न खोज्दा स्थानीय बासीन्दाले बोडेबासीलाई नै पानीको हाहाकार भएको अवस्थामा अन्यत्र खानेपानी बिस्तार गर्न खोजेको भन्दै मेयर श्रेष्ठलाई कालो झण्डा देखाउदै लखेटेका थिए ।

प्रत्यासीसँग सहकार्य, उपप्रमुखलाई वहिष्करण
नगरसभा तथा कार्यपालिकामा आफ्नो अल्पमत भएपछि कार्यकाल असफल हुने देखेका मेयर श्रेष्ठले मेयरका प्रत्यासी कांग्रेस नेता अष्टकुमार कवेसँग समर्थनका लागि आग्रह गरे । उनको साथ र सहयोगपछि उनले कार्यपालिकामा बहुमत प्राप्त गर्ने अवस्था बन्यो । नेता कवेको

५ बर्ष अगाडि

प्रतिक्रिया