रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

५ बर्ष अगाडि

 विश्व समाजसेवा दिवसकोे अवसरमा आधारशिला कलेज तथा अक्सफोर्ड स्कूलको आयोजनामा रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । चैत्र ५ गतेका दिन नयास्थित फलफूल चोकमा सम्पन्न सो कार्यक्रममा उत्साहजनक सहभागिता थियो । 

सूगिता शाहको संचालन, कलेजका अध्यक्ष भोला ढकालको अध्यक्षता तथा बीएसडब्ल्युकी छात्रा सुमिता लामिछानेको स्वागत भाषणका साथ अगाडि बढेको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा सार्हखुट्टे प्रहरी वृतका डिएसपी गौतम के.सी. हुनुहुन्थ्यो । कार्यक्रमका अन्य वक्ताहरुमा आधारशीला कलेजका क्याम्पस प्रमुख समिर सिंह, अक्सफोर्ड स्कूलका प्रिन्सिपल राजेन्द प्रसाद ढकाल, धनकुन्ज सहकारिका अध्यक्ष रमेश पौडेल लगायत हुनुहन्थ्यो । सो अवसरकमा आधारशीला तथा अक्सफोर्डका समाजशास्त्र संकायका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।

सांस्कृतिक कार्यक्रमको संयोजन बीएसडब्ल्यु दोश्रो बर्षकी छात्रा सोना कुमालले गर्नु भएको थियो । सो अवसरमा समिर सिंहको लेखन तथा निर्देशन रहेको महिला हिंसा सम्बन्धि तथा सुगिता शाहको लेखन तथा निर्देशन रहेको मेरो देश नामक सडक नाटक पनि प्रस्तुत गरिएको थियो । रक्तदान कार्यक्रमलाई विशेष महत्व दिएर गरिएको सो अवसरमा ३० जना भन्दा बढी व्यक्तिहरुले रक्तदान गर्नुभएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया