युवतीहरु होसियार ! हरेक सर्त मान्ने युवाले धोका दिन सक्छन्

५ बर्ष अगाडि


प्राय युवाहरु प्रेम गरेकै युवतिलाई भावी श्रीमतिको रुपमा नदेख्न् पनि सक्छन् । कतिपय युवाले प्रेमको बहानामा युवतिसंग नजिकिएर शारिरिक आवश्यकता पूरा गर्ने चाहना पनि राखेका हुन्छन् । प्रेम र विवाह फरक हो । प्रेम जो संग पनि हुनसक्छ तर, विवाह एउटा जिम्मेवार ब्यक्तिसंग मात्रै हुन्छ ।

कुनै पनि युवतिले बुझ्नुपर्ने कुरा के हो भने आफुले राखेको हरेक सर्त युवाले स्वीकार्र्यो भने बुझ्नुस् तपाईको सम्बन्ध दिगो हुँदैन ।

हरेक युवाहरु आफु जस्तो सुकै होस् वा आफ्नो वानी खराबै किन नहोस् तर, श्रीमति सर्वगुण सम्पन्न होस् भन्ने चाहन्छन् । प्रेमिका राम्री भए पुग्छ तर, श्रीमति राम्री मात्रै भएर हुन्न । कतिपय युवतिहरुलाई एउटा भ्रम छ राम्री भएकै कारण कुनै युवाहरुले प्रपोज ग-यो भनेर मख्ख पर्छन् र युवाहरुलाई विभिन्न सर्त राख्छन् । युवाहरुले आफुले राखेका सर्त मानेपनि त्यो सर्त क्षणिक मात्रै भएको पछि मात्रै थाह पाउछन् ।

कुनै पनि युवतिले बुझ्नुपर्ने कुरा के हो भने आफुले राखेको हरेक सर्त युवाले स्वीकार्र्यो भने बुझ्नुस् तपाईको सम्बन्ध दिगो हुँदैन । हरेक कुरा पूरा गर्छु भन्यो भने बुझ्नुस तपाईलाई युवाले चिट गर्दैछ । वास्तवमै कसैले सम्बन्धलाई दिगो बनाउन चाहन्छ भने उसका पनि आफ्नै खालका सर्त हुन्छन् ।

हाम्रो समाजमा प्राय ब्यक्तिको आफ्नै खालको रिती रिवाज छ । घर परिवार, साथी भाई, इष्टमित्र सबै कुरा सम्हाल्ने दायित्व हुन्छ । कतिपय युवति यस्ता पनि हुन्छन् र भन्छन् ‘बिहेपछि म तिम्रो बाबा आमासँग बस्न सक्दिन । मलाई छुट्टै राख्नुपर्छ ।’ यदि त्यस्तो प्रस्तावमा तत्काल सहमति जनायो भने सम्झनुस् तपाईलाई कुनै पनि वेला धोका हुनसक्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया