कांग्रेसमा नेतापिच्छे फरक धारणा

५ बर्ष अगाडि

काठमाडौँ — नेपाली कांग्रेसमा महत्त्वपूर्ण राजनीतिक घटनाक्रम र सरकारका निर्णयप्रति संस्थागत धारणा बनाउन तत्काल केन्द्रीय कार्यसम्पादन समिति गठन हुनुपर्ने माग उठेको छ । नेताहरूका फरक–फरक र छरपष्ट विचारले पार्टीलाई कमजोर बनाउन थालेको भन्दै मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले यस्तो माग गरेका हुन् । 
नेता गगन थापाले नेतैपिच्छेको फरक–फरक बोलीले पार्टीको विश्वसनीयता कमजोर बन्न थालेको बताए । ‘सीके राउत–सरकारबीचको सम्झौता र चन्द समूहका गतिविधिलाई प्रतिबन्ध लगाउनेलगायत राष्ट्रिय महत्त्वका निर्णयप्रति केन्द्रीय कार्यसम्पादन समितिबाट पार्टीको संस्थागत धारणा बनाउनुपर्छ,’ थापाले भने, ‘सभापतिले तत्काल केन्द्रीय कार्यसम्पादन समिति गठन गरेर त्यसको निर्णयबाट मात्रै पार्टीको धारणा आउनुपर्छ ।’ पार्टी सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति तत्काल गठन गर्ने बताएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया