८४ करोड खर्चेर भारतसँग दुई वटा रेल किन्दै सरकार

५ बर्ष अगाडि

काठमाडौँ – जनकपुर– जयनगर रेल्वे सेवा आगामी २ महिनामा सञ्चालनमा आउने भएको छ ।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरमा रेल्वे सेवा सञ्चालन हुन लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ८४ करोडमा २ वटा रेल खरिद गर्ने भएको हो । भारतको कुण्कड रेल्वे कम्पनीसँग रेल खरिद गर्ने निर्णय भएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि शुरु गरेको विभागले जनाएको छ ।

सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको छ । सात वटै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने तयारी गरिएको छ । मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोहीअनुसारको कार्यविधि निर्माणमा विभाग लागेको छ । कुर्था र खजुरीलगायत केही स्टेशनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकतानुसार कर्मचारी परिचालन गरिने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया