एचआइडिसिएलले अर्बौ लगानी भित्र्याउँदै, कुन–कुन आयोजनामा हुनेछ लगानी ?

५ बर्ष अगाडि

काठमाडौं – हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आधा दर्जन विदेशी प्रवद्र्धकको साझेदारीमा जलविद्युत आयोजना बनाउने तयारी गरेको छ ।

कम्पनीले चीन, दक्षिण कोरिया र जापानका गरी आधा दर्जन कम्पनीसँग लगानीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

चीनको सीसीके होल्डिङस कम्पनी लिमिटेड, आईईजी होल्डिङस कम्पनी लिमिटेड कोरिया, पावर चाइना लिमिटेड, सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट लिमिटेड, चीन, टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङस लिमिटेड जापान र कोरियन साउर्दन पावर कम्पनी लिमिटेडसँग लगानी ल्याउन सम्झौता  गरेको हो ।

ठूला जलविद्युत आयोजना विकासको ठूलो वैदेशिक लगानी ल्याउन विदेशी प्रवद्र्धकसँग समझदारी गरेको एचआईडीसीएलको प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।  आईजी होल्डिङ्स र कोरियन साउदर्नसँग एमओयू भइसकेको र बाँकी कम्पनीसँग हुने चरणमा रहेको छ । कूल २५० मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजना निर्माणका लागि लगानी जुटाउने सम्बन्धमा कोरियन साउदर्न पावरसँग सम्झौता  भएको छ । उसले जलविद्युत आयोजनमा लगानी जुटाउने सम्झौतामा उल्लेख गरेको छ । कोरियन साउदनले नौमुरेमा लगानी गर्न इच्छा देखाएको छ ।

यस्तै साघांई  इन्भेस्टिगेसनले रोल्पामा रहेको १५६ मेगावाटको माडी जलाशययुक्त आयोजना बनाउने प्रस्ताव गरेको छ ।  जापानको टोकियो इलेक्ट्रिकले ४१० मेगावाटको नलगाड जलाशययुक्त आयोजना बनाउने समझदारी गरेको छ । नलगाडको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ । विदेशी लगानीका विषयमा विभिन्न खाकामा छलफल भइरहेको छ ।  केही कम्पनीले लगानी गर्ने आयोजना पहिचान गरिसकेको र बाँकीले पनि गर्ने बताएका छन् ।

अरुण किमाथांका,  तल्लो अरुणलगायत आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले चासो देखाएका छन् । चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेकोमा कम्पनीको सातौं वार्षिक साधारणसभाले चुक्ता पुँजी रु २२ अर्ब पु¥याउने निर्णय यसअघि नै गरेको छ । पुँजीगत आधार बढाउन एचआईडीसीएलले रु २ अर्बको हकप्रद सेयर निष्कासनको तयारी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया