गर्मी मौसममा उखु खानु स्वास्थ्यको लागि फाइदै फाइदा

५ बर्ष अगाडि

गर्मी याममा तरल पदार्थ बढि सेवन गरी शरीरमा चाहिने पानिको मात्रा पुरा गर्नु आवश्यक हुन्छ । गर्मी यामममा प्राय मानिसहरु फलफूलको जुस पिउने गर्दछ । त्यो स्वास्थको लागी एकदमै राम्रो हो । गर्मी याममा जुस सेवन गर्नाले शरीरमा शितलता प्रदान गर्दछ । झन गर्मी याममा उखुको जुस पिउने गर्दा स्वास्थलाइ निकै फाइदा हुनुका साथै यो स्वादिष्ट र मिठो पनि हुन्छ । हेर्नुहास उखुको जुसबाट हुने ५ फाइदाहरु:

१ उखुको जुसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्रेसियम जस्ता तत्व पाइन्छ । जस्ले शरीलाइ पोषण प्रदान गर्नुका साथै शरीर फुर्तिलो हुन्छ ।

२ उखुको जुस पिउनाले गर्मीबाट बच्नुका साथै शरीरमा चाहिने पानिको मात्रालाइ पनि परिपूर्ति गर्दछ ।

३ उखुकाु जुस पिउनाले पिसाब सम्बन्धी समस्या पनि कम हुन्छ ।

४ यो जुसमा ग्लुकोज प्रसस्त हुनुका साथै शरीरमा शक्ति तथा उर्जा प्रदान गर्दछ ।

५ उखुको जुसको सेवनले कलेजोलाइ स्वस्थ राखी कलेजो सम्बन्धी रोगबाट मुक्त बनाउदछ

५ बर्ष अगाडि

प्रतिक्रिया