विप्लव र सीके राउतलाई ठीक ठाउँमा ल्याउन कांग्रेसले मात्र सक्छ : गगन थापा

५ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले नेत्र विक्रम चन्द विप्लवलाई हिंसाको बाटोबाट सहि मार्गमा ल्याउन कांग्रेसले मात्र सक्ने बताएका छन् । 

गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दे थापाले अहिलेको सरकारले विप्लवलाई हिंसाको बाटोबाट सहि मार्गमा ल्याउन नसक्ने बताए । 

उनले सरकारले विप्लवलाई सहि मार्गमा ल्याउन नसक्ने  भन्दै विप्लवलाई कांग्रेसले मात्र सहि मार्गमा ल्याउने र ठिक ठाउमा राख्न सक्ने दावी गरे । 

उनले सीके राउतलाई पनि यो सरकारले ठिक ठाउमा राख्न नसक्ने बताए । कार्यक्रममा बोल्दै थापाले भने, सरकारले सीके राउतलाई पनि ठीक ठाउमा राख्न सक्दैन कांग्रेसले नी ठिक ठाउमा राख्न सक्छ थापाले भने । 

५ बर्ष अगाडि

प्रतिक्रिया