सिके आएपछि यसकारण भयो राजपामा छटपटी

५ बर्ष अगाडि

काठमाडौँ – तराई मधेशको राजनीतिमा आफू मात्रै मसिहा भएको जसरी प्रस्तुत हुँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा)को निद हराम सुरु भएको छ । विखण्डनवादको आवरणमा राजनीतिक गर्दै आएका सिके राउतले सो गतिविधि र व्यवहार छाडेको भन्दै सरकारसँग सहमति गर्नु र सहमति लगत्तै पार्टीको रुपमा उभ्याउने जुन संकल्प उनले गरे त्यसबाट सबैभन्दा बढी पीडा राजपालाई भएको छ ।

राजपा तराईका सामन्तहरुको पार्टी हो । तराईका सामान्तहरुको वपौती जस्तो गरी राजपालाई केही कोटरीमा सिमित गरिएको छ । त्यसैमा रमाउन उसलाई पनि मज्जै लागेको छ । राजेन्द्र महत्तो, शरदसिंह भण्डारी नेता भन्दा राजनीतिक व्यापारमा फस्टाएका छन् । राजनीतिक चरित्र भएका महेन्द्रराय यादव र महन्थ ठाकुरहरुको केही चल्दैन राजपामा । मानका लागि मान जस्तो गरेर केह िपद दिएपनि उनीहरु अल्पमत जस्ता छन् । पछिल्लो पटक राजनीतिक मैदानमा राउतको प्रवेश पछि राजपा र उसका केही नेता तथा कार्यकर्तामा दौडादौड र कुदाकूद सुरु भएको छ । 

तराईको जमिन्दारी, विहारी शैली अपनाउने काममा राजपा अग्रस्थानमा रहेको छ । राजनीतिक विषय भन्द्या पनि जसरी भएप्नि पैसा कमाउ, पद र प्रतिष्ठामा रहुँ भन्ने मूल्य र मान्यताबाट गाइडेड छ , राजप्रा । सरकारमा जान र केही थान मन्त्री बन्ने लालसा राखेका राजपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै भाउ दिएनन् । कही कतैबाट पनि भाऊ नपाउने भएपछि केही न केही त गर्नुप¥यो नी   भन्दै उनीहरुले आफूहरु वाध्य भएर राजनीतिक आन्दोलनमा लागेको बताएका छन् ।

 उनीहरुको प्रतिक्रिया हेर्दा यस्तो लाग्छ, राजपाले खास अर्थमा नै आन्दोलन गर्दैछ । तर विल्कुल होइन । उनीहरु बार्गेनिङका लागि आन्दोलनको नाटक गर्दैछन् । राजपाले चाहिने भन्दा बढी भाउ खोजेको अवस्थामा प्रदेश नं २ को सरकारबाट समेत हात धुनुपर्ने अवस्था आउन सक्छ । सरकारमा नै भएको संघीय समाजवादी फोरमले राजपालाई जुनसुकै बेला पनि प्रदेश नं २ को सरकारबाट हटाइदिन सक्छ । सो प्रदेशमा नेकपा ठूलो शक्तिको रुपमा छ । बार्गेनिङका लागि राजनीति गर्ने राजपा चरित्रलाई पछिल्लो पटक सिके राउतले समेत तह लगाइदिएका छन् ।

अब राजपाको स्थानमा राउत समूह आउने भएपछि पनि उसलाई राजनीतिक आकाशबाट अस्ताउनुपर्ला भन्ने ठूलो चिन्ताले सताएको छ । ह्दयेश त्रिपाठी समूह प्रतिनिधिसभाको निर्वाचन अगावै हटेको हो । उनीहरु नेकपाको चुनाव चिन्हबाट निर्वाचन लडे र विजयी पनि भए । तर राजनीतिक भन्दा पनि केवल लाभका लागि मात्रै आन्दोलन गर्ने हो भने राजपालाई भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन भने जस्तै हुने अवस्था सिर्जना भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया