एनआईसी एसिया भिसा डेबिट–क्रेडिट कार्डको प्रयोग गरे नगद फिर्ता हुने

६ बर्ष अगाडि

काठमाडौं– एनआईसी एसिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा नगद फिर्ताको योजना ल्याएको छ । उक्त बैंकले आफ्नो बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनि पिओएस मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक (नगद फिर्ता) हुने योजना ल्याएको हो । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाको लागि यो योजना ल्याएको जनाएको छ । 

यस योजना अन्तर्गत यस बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी रु ५०० सम्मको नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजनाबाट बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।  हाल बैंकले १ सय ६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १ सय ५६ वटा एटिएम मेशिन तथा ५ सय १८ वटा  पिओस मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको जनाएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया