बालकृष्ण भुसालको जिवनः ट्याक्टर देखि पाँच तारे होटल सम्म

५ बर्ष अगाडि

बुटवल – अघाँचीको मध्यम वर्गिय किशान परिवारमा जन्मिएका बालकृष्ण भुसाल यति बेला बुटवलका  मात्र नभई नेपालभर कै न्यु होलाईन्ण्ड ट्याक्टरका अधिकारिक  विक्रेता हुन  । भुसाल ट्याक्टर सप्लायर्सका सञ्चालक भुसालले अब पाँच तारा होटल (  फाईव स्टार ) सञ्चालनको तयारी समेत थालेका छन ।

उनले तिलोत्तममा उद्योग वाणिज्य संघ भलवारीमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराएका हुन । उनले मेघा होटल प्रा.लि. व्राण्ड मार्फत एकै साथ रुपन्देहीमा चार वटा चार तारे होटल सञ्चालन गर्ने तयारीमा जुटेको बताए ।उनले रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकाको बेलहिया सुनौली, तिलोत्तमको मणिग्राम  , जानकीनगर र बुटवलको मिलनचोकमा ५ तारे होटल खोल्ने तयारीमा जुटेको जानकारी दिए ।

  एकै साथ ७ सय जना बस्न मिल्ने  र त्यति नै मात्रमा क्यासिने समेत सञ्चालन गर्ने  भुसाल बताए  ।  अन्तराष्ट्रिय स्तरको गौतम वुद्ध विमान स्थलको निर्माण र लुम्विनी क्षेत्र पर्यटन विकासको तिब्रता संगै भुसाल चार ताले होटल सञ्चालनका लागि आकर्षित भएका हुन ।  अन्त।राष्ट्रिय स्तरको उत्कृष्ट होटलले यहाँको पयर्टन विकासमा समेत टेवा मिल्ने भुसालको ठम्याँई छ ।

ती होटलहरुमा ४० प्रतिशत बैदेशिक लगानी समेत रहने उनको भनाई रहेको छ । वेलहियामा भवन समेत निर्माण भई रहेको र आउँदो दशैं सम्म त्यहाँ होटल सञ्चालन गर्ने उनले बताए । मणिग्राममा रहेको भुसाल ट्याक्टर फर्म खोलेर उनले  एशिया मै सबै भन्दा बढि न्यु होलाईण्ट ट्याक्टर बिक्रि गदै आएका छन  र नेपालमा ३८ प्रतिशत एकलौटी उक्त ट्याक्टर बेच्ने व्यसायीका रुपमा उनि स्थापित छन । न्यु होलाईण्ड मार्फत उनले हेभी इक्युपमेण्ट डोजर, लोडर र रोलर लगायतका निर्माण सामग्रीहरु विक्रि वितरण गर्दै आएका छन ।

ट्याक्टर सप्लायर्स र  फाईव स्टार होटल सञ्चालनबाट यस क्षेत्रका  सयौं बेरोजगारहरुले रोजागरी  समेत  दिन सकिने उनको लक्ष्य छ । सफल ब्यवसायी भुसाल गुल्मीको सदरमुकाम तम्घास स्थित भुसाल ट्रेडर्सका सञ्चालक नन्दराम भुसालका भाई हुन ।  भुसाल परिवार मिलेर तम्घास मै पनि उच्च सुविधा सम्पन्न होटल खोल्न उनिहरुले नक्साङकन समेत गरि सकेका छन । बैदेशिक लगानीका सम्वन्धमा वृष्तृत जानकारी  गराउन अर्को पटक पत्रकार सम्मेलन गरिने उनले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया