विप्लवको पक्षमा रामचन्द्र

५ बर्ष अगाडि

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिस्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । 

नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएको भन्दै यसको प्रतिवाद चेतावनी दिए ।

‘ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ,’ उनले भने,‘ सरकारले एक वर्षको अवधिमा शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका दिने कुरामा पूर्ण  असफल भयो ।’ 

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृतत्वको समूहमाथि लगाएको प्रतिबन्धप्रति पौडेलले असन्तुष्टि जानए । 

‘कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्छ । सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ,’ उनले भने।

साथै उनले पार्टीका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबारे जनमतसग्रह गर्न सकिने धारणाको खण्डन गरे । 

राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत संग्रह गर्न नसकिने उनेको जिकिर थियो । नेता पौडलले शुक्रबारबाट ५ दिने पूर्वी जिल्लाको भ्रमणमा रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया