एमाले नेताकी छोरी बनिन् यसवर्षको ‘मिस नेपाल’

६ बर्ष अगाडि

काठमाडौं– हेटौडाकी श्रृङ्खला खतिवडा यसवर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड ’ घोषित भएकी छिन् । उनी एमाले नेता विरोध खतिवडाकी छोरी हुन् ।
बुधबार अबेर सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडा उपाधिमा कब्जा जमाइन् ।
खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।
यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितिन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया