शिवम् सिमेन्टले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

५ बर्ष अगाडि

काठमाडौँ – शिवम् सिमेन्टले बैशाख ९ गते तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले तेस्रो वार्षिक साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट १५.७८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

त्यस्तै गत महिना मात्रै सर्वसाधारण शेयर बिक्री गरेको कम्पनीले सर्वसाधारण समुहबाट एकजना सञ्चालकको निर्वाचन गर्ने भएको छ । सर्वसाधारण समुहबाट निर्वाचित सञ्चालकको कार्यकाल चार वर्षको हुने छ।

कम्पनीले गत आर्थिक वर्षको लेखापरीक्षण तथा वित्तीय विवरणमाथि छलफल गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्तीको प्रस्ताव पनि अगाडि सारेको छ ।

सञ्चालक समितिले साधारणसभामा भविष्यमा कम्पनीको क्षमता बढाउनेदेखि लिएर उहि प्रकृतिका उद्योग प्राप्ती गर्ने विषयमा छलफल गर्ने प्रस्ताव अगाडि सारेको छ ।

यदि छलफलबाट उक्त प्रस्ताव अनुमोदन भएमा आवश्यक काम कारवाही तथा पूँजी जुटाउनेदेखि लिएर कर्जा व्यवस्थापनको जिम्मा सञ्चालक समितिलाई दिने प्रस्ताव गरिएको छ ।

सर्वसाधारण समुहबाट निर्वाचित हुनको लागि तथा साधारणसभाबाट भाग लिनको लागि बैशाख ७ गते विहान ११ बजे भित्र दर्ता गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।   

५ बर्ष अगाडि

प्रतिक्रिया