यस्तो थियो यूट्युबमा राखिएको पहिलो भिडियो (भिडियोसहित)

५ बर्ष अगाडि

एजेन्सी – भिडियो प्लेटफर्म यूट्युबको स्थापना भएको १४ वर्ष पूरा भएको छ । सन् २००५ फेब्रुअरी १४ का दिन च्याड हर्ले, स्टीभ चेन र जावेद करिमले यूट्युबको शुरुवात गरेका थिए ।

अचेल हरदिन हजारौंको संख्यामा यूट्युबमा भिडियो अपलोड हुने गर्दछन् । विभिन्न गीत, चलचित्र तथा भिडियोहरु राखेर हेर्न मिल्ने इन्टरनेटको लोकप्रिय प्लेटफर्म ‘यूट्युब’ शुरुवात हुँदा पहिलो भिडियो कुन राखिएको थियो ? सबैलाई चासोको विषय हुनसक्छ ।

यूट्युबको स्थापना भएको करिब अढाइ महिनामा मात्रै पहिलो भिडियो अपलोड गरिएको थियो । उक्त भिडियोको टाइटल रहेको थियो ‘Me at the Zoo’. भिडियोलाई जावेद करिमले अपलोड गरेका थिए । १८ सेकेन्डको भिडियोलाई जावेदका साथी याकोब लापित्स्कीले खिचेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया