दर्ता हुन आउला त फेसबुक ? १२ अर्ब जोगाउन के गर्दैछ सरकार

५ बर्ष अगाडि

काठमाडौँ – नेपालमा फेसबुकका प्रयोगकर्ता ९३ लाख रहेका छन् । फेसबुकका प्रयोगकर्ताको संख्या बढेसँगै वार्षिक नेपालबाट रु १२ अर्ब फेसबुकले लगिरहेको छ ।

त्यसैगरी नेपालमा अरु सामाजिक सञ्जालका प्रयोकर्ता पनि उल्लेख्य मात्रामा रहेका छन् । यूट्यूब प्रयोगकर्ता ६० लाख र ट्वीटर चलाउनेको संख्या ४० लाख रहेको छ । इन्टरनेटको पहुँच ५६.७ प्रतिशत रहेको छ भने मोबाइलको पहुँच १३३ प्रतिशतमा पुगेको छ ।

मन्त्री बास्कोटाले सामाजिक सञ्जाल नेपालमा दर्ता हुनु पर्ने र नभएमा कानूनी कारवाही गर्ने बताए । उनले भने–दर्ता नहुने सामाजिक सञ्जाल बन्द गरिन्छ ।

बेलायतमा सामाजिक सञ्जालको गलत प्रयोग गरेमा ५ हजार पाउण्ड जरिवाना र ६ महिना कैद वा दुबै हुन्छ । भारत मै पनि ५ वर्ष कैद र १ लाख जरिवाना वा दुबै हुने कानूनी व्यवस्था छ ।

त्यसकारण पनि सामाजिक सञ्जालको नियमन गर्नु आवश्यक रहेको छ ।

फेसबुकका सञ्चालक मार्क जुकरबर्गले समेत सामाजिक सञ्जालबाट आतंकवादी, पृथकतावाद, अपराधिक गतिविधि र व्यक्तिगत गोपनियताका कुराको गलत सन्देश फैलाउनले लाई नियमन गर्नु पर्ने बताएका छन् । मन्त्री बास्कोटाले भने सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै नियमन अत्यन्त जरुरी भइसकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया