हावा हुरीले ५०० बिटिएस टावरमा क्षति, तराईको मोबाइलमा आयो समस्या

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

आइतबार साँझ आएको हावाहुरीका कारण हावाहुरी प्रभावित  जिल्लाहरुमा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।

प्राधिकरणका कायममुकायम अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकम, एनसेल नेपाललगायतका दूरसञ्चार सेवा प्रदायकलाई तत्काल सेवा सञ्चालन हुने वातावरण बनाउन आवश्यक निर्देशन दिइएको जानकारी दिए ।  

उनले नागरिकलाई विपद्को समयमा लामो कुरा नगर्न र अत्यावश्यक विषयमा छोटो संवाद गर्न मात्रै आग्रह गरिएको जानकारी दिए ।

 नेपाल विद्युत् प्राधिरकणको पोल ढलेका कारण विद्युत् आपूर्तिमा समस्या आउँदा दूरसञ्चार सेवा प्रदायकको टावरले काम गरेका छैनन् ।

कायममुकायम अध्यक्ष खनालले सहज दूरसञ्चार सेवा उपलब्ध गराउन प्राधिकरणको तर्फबाट आवश्यक समन्वय गरिएको र छिट्टै सहजरुपमा सेवा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया