केन्द्रीय बैंकले बैंकहरुमा ३ अर्ब ८९ करोड लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा ३ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

केन्द्रीय बैंकले एक वर्षको मुद्दती निक्षेपमा बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको सो रकम लगानी गर्न लागेको हो । बाणिज्य बैंकमा ३ अर्ब १६ करोड ७५ लाख रुपैयाँ, विकास बैंकमा ५३ करोड ४८ लाख रुपैयाँ,  वित्त कम्पनीमा १९ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा बैंकहरुमा लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । 

आगामी बैंशाख दुइ गतेदेखि २०७७ वैशाख १ गतेसम्मका लागि सो रकम लगानी हुनेछ । 

मुद्यती निक्षेप लिन चाहने बैंकहरुले आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर खुलाई शिलबन्दी दरखास्त पारम बुझाउनु पर्ने छ । फारम बुझाउने अन्तिम मिति यहि बिहिबार ३ बजेसम्म हो । निक्षेप लिन चाहने बैंकले राष्ट्र बैंकले तोकेको विभिन्न ११ शर्तहरु पुरा गर्नु पर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया