श्री लालीगुराँस प्रदेश ३ को उत्कृष्ट सहकारी घोषित

५ बर्ष अगाडि

ललितपुर ।  पुल्चोक स्थित श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको  उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ६२ औ सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित विषेश कार्यक्रममा प्रदेश नम्बर ३ मा रहेको सहकारी मध्य उत्कृष्ट घोषणा गरीएको हो । 
 राष्ट्रिय सहकारी महांसघद्धवारा गठित उत्कृष्ट सहकारी छनौट उपसमितिले श्रीलालीगुराँस सहकारी संस्थालाई प्रदेश ३ को उत्कृष्ठ सहकारी घोषणा गरेको हो । सो पुरस्कार अन्तराष्र्टि«य सहकारी दिवसको दिन जुलाई पहिलो शनिबार   प्रदान गरीनेछ । २०५६ साल भाद्र १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ असोज १५ गतेबाट कारोबार सुरु गरेको यस संस्थालाई ६२ औ सहकारी दिवसको अवसरमा उत्कृष्ट घोषणा गरीएको हो । संस्थाले चालु आवमा सरकारलाई ४ करोड ७१ लाख ९७ हजार १ सय ९९ राजश्व बुझाएको थियो । नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा समग्र सहकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा रहेको छ । संस्थाले ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल,भक्तपुरको कौशलटार र चितवनको  गरी ४ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । 
१७ हजार ८ सय ७० जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठुलो डेरी फार्म संचालनमा ल्याएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रालि, जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी प्रालि, भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न कम्पनी तथा संघ संस्थाहरुमा शेयर लगानी गरेको छ ।
 संस्थाले यसै आवमा ललितपुरको गोदावरीमा  दुग्ध प्रसोधन उद्योग उद्योग संचालन गर्ने तयारी गरेको छ । सात वटै प्रदेशका सहकारीको व्यवासाय र कारोबार मुल्याङकन गरी श्री लालीगुँरासलाई उत्कृष्ट सहकारी संस्था घोषणा गरीएको महासंघले जनाएको छ । महासंघले सात प्रदेशबाट  उत्कृष्ट र एक संस्थालाई छनौट गरेको थियो । महासंघका कार्यकारी संचालक सुरेन्द्र भण्डारीको संयोजकत्वमा प्रदेश सांसद प्रभा कोइराला र पदम दाहाल गरी तीन सदस्यीय छनौट समिति ले सहकारी छनौट गरेको थियो । संयोजक भण्डारीले उत्कृष्ठ सहकारी घोषणा गर्नुभएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया