नयाँ वर्षमा यी दुई फिल्मलाई मारामार

६ बर्ष अगाडि

काठमाडौं –नयाँ बर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा ल्याइएको दुई चलचित्र ‘लिलिबिलि’ र ‘नेप्टे’ले पनि राम्रो ब्यवसाय गरिरहेको दाबी गरिएको छ । 
 शुक्रवार औषत ब्यवसाय गरेको यी दुबैले शनिबार भने राम्रो ब्यवसाय गरेको बताइएके छ ।  दुबै चलचित्र मध्य शनिबार बढी ब्यवसाय गर्न ‘लिलिबिलि’ सफल भएको छ । 
शनिबार राजधानी र मोफसलका चलचित्र भवनमा दर्शकको चाप देखिएको छ । नयाँबर्ष भएर होला सायद सबै उमेरका दर्शक हलमा देखिएका छन् । 
चलचित्र ‘लिलिबिलि’ युनिट शनिबार दर्शकको प्रतिक्रिया बुझ्न बिभिन्न हलमा समेत पुगेको थियो । 
शनिवार यो चलचित्र युनिट राजधानीको गोपीकृष्ण हल पुगेको थियो । 
राजधानीका गुण, गंगा, मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल, कुमारी हलसँगै विग मुभिज, एफक्यूव, विएसआर मुभिजको हरेक शोमा दर्शक भरिभराउ रहेको निर्माता तथा बितरक गोबिन्द शाहीले बताए । मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि ‘लिलिबिली’ले राम्रो ब्यवसाय गरेको उनको दाबी रहेको छ । 
मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धू्रव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सले मिलेर बनाएका हुन् । 
यस्तै ‘नेप्टे’ले पनि शनिबार सबै हलमा राम्रो ब्यवसाय गरेको बताइएको छ । बिस्वज्योती, गोपीकृष्ण, अष्टनारायण लगायत चलचित्र लागेको सबै हलमा यसले राम्रो ब्यवसाय गरेको निर्माता रोहित रुम्बाले जानकारी दिए ।
अभिनेता दयाहाङ राई पहिलो पटक भिलेन अभिनयमा देखिएको चलचित्र  ‘नेप्टे’  हो । रोहित रुम्बा, छुल्ठिम गुरुङ, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया