सेञ्चुरी बैंकको साधारणसभा वैशाख १२ गते, यस्ता छन् एजेण्डा

५ बर्ष अगाडि

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले आगामी वैशाख १२ गते वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले साधारणसभामा ४.५ प्रतिशत नगद लाभांस र दुई प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाने भएको छ ।

बैंकले चुक्ता पूँजी रु ८ अर्ब २५ करोड को ४.५ प्रतिशतबाट हुन आउने रु १६ करोड ५० लाख नगद लाभांसको प्रस्ताव गरेको छ ।

बैंकले दुई प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी रु ८ अर्ब ४१ करोड पुर्याउने भएको छ ।  बैंकले सहायक कम्पनी स्थापना गरि ब्रोकरको काम गर्ने व्यवस्थाको लागि बैंकको प्रवन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव साधारणभामा लैजाने भएको छ । राष्ट्र बैंकले सहायक कम्पनी मार्फत ब्रोकरको गर्न खुला गरिसकेको छ । बैंकले सर्वसाधारण समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नुपर्ने खर्च नियम भन्दा बढि देखिएकोले उक्त खर्चको अनुमोदनका लागि साधारणसभामा पेश गर्ने छ ।

बैंकले सीमा भन्दा बढि रु  १० लाख १४ हजार खर्च गरेको छ । नियम अनुसार बैंकहरुले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर अनिवार्य खर्च गर्नु पर्ने व्यवस्था छ।

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले यही चैत्र २९ गतेदेखि आगामी वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यही चैत्र २८ गतेसम्म कायम शेयरधनीले लाभांस पाउने छन् साथै सञ्चालक समितिको निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया