फेसबुकको अटोप्ले फिचर कसरी बन्द गर्ने ?

५ बर्ष अगाडि

काठमाडौँ – फेसबुकको फिड स्क्रोल गर्दा गर्दै आफैं भिडियोहरु प्ले हुनेगर्छन । यस फिचरलाई अटो प्ले अर्थात् स्वत भिडियो प्ले हुने फिचर भनिन्छ । यस फिचरको मुख्य हेतु नै प्रयोगकर्ताको ध्यानाकर्षण गर्नु हो जसबाट प्रयोगकर्ताले फेसबुकमा धेरै समय बिताउने छन् । 

फेसबुक जस्तो सामाजिक संजालमा तपाईंलाई उचित हुने भिडियोहरु मात्र प्रकाशित हुन्छन् जसबाट तपाईंले नचाहेको वा तपाईंको लागि हानिकारक साबित हुनसक्ने विषयको भिडियो तपाईंले पनि देख्न सक्ने सम्भावना बढ्छ । हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । 

आइफोन र आइप्याडका लागि:

स्क्रिनको तल पट्टि भएको मेनुलाई सेलेक्ट गर्नुहोस् 

“Settings & Privacy” (सेटिंग र प्राइभेसी) मा टच गरेपछि “Settings.” (सेटिंग)मा टच गर्नुहोस् 

त्यहाँबाट “Media and Contacts,” (मिडिया र कन्ट्याक्ट) मा सेलेक्ट गर्नुहोस् 

“Videos and Photos.” (भिडियो र फोटो) को अप्सनमा टच गर्नुहोस् 

Autoplay (अटोप्ले) फिचरलाई बन्द गर्नुहोस् 

 

२. एन्ड्रोइड स्मार्टफोन वा ट्याब्लेटका लागि

स्क्रिनको माथि पट्टिको दाहिने भागमा भएको मेनुलाई सेलेक्ट गर्नुहोस् 

“Settings & Privacy” (सेटिंग र प्राइभेसी) मा टच गरेपछि “Settings.” (सेटिंग)मा टच गर्नुहोस् 

त्यहाँबाट “Media and Contacts,” (मिडिया र कन्ट्याक्ट) मा सेलेक्ट गर्नुहोस् 

Autoplay (अटोप्ले) फिचरलाई बन्द गर्नु, उक्त अप्सनमा “Never Autoplay Videos.” मा चयन गर्नुहोस् 

५ बर्ष अगाडि

प्रतिक्रिया