बलिउड अभिनेत्री जसलाई बिकिनीमा सुन्दरभन्दा बढी भद्दा देखिन्छ

५ बर्ष अगाडि

बलिउडमा अभिनेता आफ्नो सिक्स प्याक देखाउने दौडमा हुन्छन् भने अभिनेत्री बिकिनी सिन दिएर चर्चा कमाउने तरिका अपनाउँछन् । तर, यहाँ बलिउडका ती अभिनेत्रीबारे चर्चा गरिँदै छ, जसलाई बिकिनीमा सुन्दरभन्दा बढी भद्दा देखिन्छ ।

श्रीदेवी

बलिउडकी चाँदनी मानिने श्रीदेवी पनि बिकिनी सिन नरुचाउने नायिकामा पर्थिन् ।

१९८० को दशकमा उनी बिकिनी सिनमा देखिएकी थिइन् । तर, उनका फ्यानहरूले त्यति रुचाएनन्, जति साधारण पहिरनमा रुचाउने गर्थे । श्रीदेवीको यही वर्ष २४ फेब्रुअरीमा दुबईमा भएको निधन थियो ।

सोनम कपुर

सोनम कपुरले अघिल्लो महिना ब्वाइफ्रेन्ड आनन्द आहुजासँग विवाह गरिसकेकी छिन् । १ जुनदेखि उनको फिल्म ‘वीरे दी वेडिङ’ प्रदर्शन भइरहेको छ ।

फिल्मले राम्रो कमाइ पनि गरिरहेको छ । तर, बिकिनीको कुरा गर्दा उनी आफैँले बिकिनीमा आफूलाई सुन्दर नलाग्ने बताएकी थिइन् । बिकिनीमा भद्दा देखिने भएकैले सोनम फिल्ममा बिकिनी लगाउन मन गर्दिनन् ।

क्याट्रिना कैफ


 

क्याट्रिना कैफ बलिउडकी टप अभिनेत्री हुन् । उनको नृत्य र सुन्दरता मन नपराउने कमै होलान् । युवतीहरू त उनले लगाएको पहिरनको अनुशरण नै गर्ने गर्छन् । क्याट्रिना हरेक फिल्ममा नयाँ लुक्समा देखिने गर्छिन् । तर, क्याट्रिनालाई बिकिनीमा उति रुचाइँदैन । भद्दा पनि देखिने भएकाले उनलाई फ्यानहरू सादा पहिरनमै हेर्न रुचाउँछन् ।


काजोल

बलिउड अभिनेत्री काजोल १९९० को दशकदेखि अहिलेसम्म पनि हिट नायिका मानिन्छिन् । उनी फिल्महरूमा साधारण ड्रेसमा देखिन्छन् ।

काजोललाई केही फिल्ममा बिकिनी सिनमा देख्न सकिन्छ । सुपरहिट फिल्म ‘बाजिगर’मा उनी बिकिनी ड्रेसमा देखिएकी थिइन् । तर, काजोल पनि प्रायः बिकिनी सिन दिन मान्दिनन् । यसको कारण बिकिनीमा आफूलाई सुन्दर नदेखिने उनको मान्यता छ ।

आलिया भट्ट

बिकिनीमा भद्दा देखिने सूचीमा आलिया भट्टको नाम

अग्रपंक्तिमा आउँछ । आलियाको क्युटनेसलाई लिएर हरेकले प्रशंसा गर्छन् । उनी हरेक पहिरनमा निकै सुन्दर पनि देखिन्छिन् । तर, बिकिनीमा उनको सुन्दरता झल्किँदैन । आलियाको बिकिनीमा सौन्दर्य नखुल्ने भएकै कारण पनि उनी खासै बिकिनी लगाउने गर्दिनन्

५ बर्ष अगाडि

प्रतिक्रिया