टर्कीमा सैन्य विमान दुर्घटना हुँदा २ सैनिकको मृत्यु

३ हप्ता अगाडि

काठमाडौँ - टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा २ सैनिकको मृत्यु भएको छ ।  

मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । वायुसेना कमाण्डको प्रशिक्षण विमान तालिमरपरीक्षणको लागि केसेरीको १२ औं एयर ट्रान्सपोर्टेशन मेन बेस कमाण्डबाट उडेको थियो । अज्ञात कारणले दुर्घटनामा परेको बताइएको छ । स्थानीय गभर्नरका अनुसार विमान कासेरी प्रान्तको कोकासिनान जिल्लाको हसन अर्पा छिमेकमा दुर्घटनाग्रस्त भएको थियो ।  एजेन्सी 
 

३ हप्ता अगाडि

प्रतिक्रिया