किसानमाथि अन्यायः दूध उत्पादनमा प्रोत्साहन, भुक्तानीमा संधै जालझेल

घरायसी तथा व्यावसायिक गाईभैँसीपालन बढ्दै गर्दा मुलुकको मागअनुसारको परिमाणमा दुध उत्पादन हुन लागेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले वर्षमा एउटा व्यक्तिलाई न्यूनतम ९१ लिटर दुध आवश्यक पर्ने जनाएको छ । चालू आर्थिक वर्ष ०८०र८१ को फागुनसम्मको उत्पादन तथ्यांकअनुसार प्रतिव्यक्ति ८९.६ लिटर दुध उपलब्धता छ ।

३ हप्ता अगाडि

काठमाडाैं- सरकारले दूध उत्पादन बढाउनका लागि हरेक वर्ष विभिन्न कार्यक्रम र योजनाहरु अघि सार्ने गर्दछ । किसानलाई प्रोत्साहनकोनीति पनि ल्याउँछ । बजेट मार्फत होस् वा नीति तथा कार्यक्रमबाट  भए पनि उत्साहीत बनाउँछ । तर, त्याो नारामा मात्र  सिमित बन्न पुगेको छ । तथ्यांकले दूध उत्पादनको तर्फ हामी नजिक पुगेको देखाउँछ तर, बास्तबमा किसानको गोठ र बास्तविक जीवनमा भने एक लिटर दूध भुक्तानी पाउन कि सडकमा दूध नै पोख्नुपर्छ कि भुक्तानीका लागि महिनौं पर्खिनुपर्ने बाध्यात्मक अबस्था छ ।

पछिल्लो समय मुलुक दुध उत्पादनमा आत्मनिर्भरताउन्मुख भएको यो तथ्यांकले देखाउँछ । पाँच वर्षअघि आर्थिक वर्ष ०७५ /०७६ मा दुध उत्पादन २१ लाख ६८ हजार मेट्रिकटन रहेकोमा चालू आर्थिक वर्षको फागुनसम्म दुध उत्पादन बढेर २६ लाख १४ हजार मेट्रिकटन पुगेको छ । आर्थिक वर्ष ०७५/0७६ मा प्रतिव्यक्ति ७४ लिटर मात्र उपलब्धता हुँदै आएको थियो । 

कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ भने ६ लाख कृषक परिवार आबद्ध छन्, जसमा ४० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा रोजगारी पाएका छन् । हाल दुध क्षेत्रबाट दैनिक ६ करोडभन्दा बढी रकम सहरबाट गाउँमा प्रवाह भइरहेको छ । दुध क्षेत्रमा ४५ अर्बभन्दा बढी लगानी निजी डेरी उद्योगको मात्रै रहेको तथ्यांक छ । उत्पादन भएको दुधमध्ये करिब ५० प्रतिशत ९३१ लाख लिटर बजारमा आउँछ भने बाँकी किसान आफैँले प्रयोग गर्ने गरेका छन् । यसबाट ६ लाख कृषक परिवार आबद्ध, करिब ४० हजारलाई रोजगारी  निजी क्षेत्रको लगानी ४५ अर्ब,  दुध बेचेर दैनिक ६ करोड सहरबाट गाउँमा प्रवाह भइरहेको छ भने ४२ लाख घरपरिवार व्यावसायिक पशुपालनमाक्षेत्रमा आवद्ध छन् ।

घरायसी तथा व्यावसायिक गाईभैँसीपालन बढ्दै गर्दा मुलुकको मागअनुसारको परिमाणमा दुध उत्पादन हुन लागेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले वर्षमा एउटा व्यक्तिलाई न्यूनतम ९१ लिटर दुध आवश्यक पर्ने जनाएको छ । चालू आर्थिक वर्ष ०८०र८१ को फागुनसम्मको उत्पादन तथ्यांकअनुसार प्रतिव्यक्ति ८९.६ लिटर दुध उपलब्धता छ ।

जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ । एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको  भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ ।


 

३ हप्ता अगाडि

प्रतिक्रिया