शुभम पावरको तल्लो पिलुवा खोला योजनाबाट विद्युत उत्पादन सुचारु

४ हप्ता अगाडि

काठमाडौँ - शुभम पावर लिमिटेडद्वारा निर्मित तल्लो पिलुवाखोला साना जलविद्युत आयोजनाको पुनर्निर्माणपश्चात् विद्युत आपूर्ति सुचारु भएको छ । ०.९९ मेगावाटको उक्त आयोजनामा गत असार २ गते पूर्वी नेपालमा आएको बाढीले व्यापक क्षति पुर्याएको थियो ।

करिब साढे ११ महिनासम्म उत्पादन बन्द भएको उक्त योजनाबाट जेठ २२ गतेदेखि विद्युत उत्पादन सुचारु भएको जनाइएको छ ।आयोजनाका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पावरहाउस एवम् स्वीचयार्डमा जडान भएका आवश्यक उपकरणको मर्मत तथा परीक्षण कार्य सकिएपछि जेठ २२ गतेबाट विद्युत उत्पादन थालिएको हो । गत वर्षको बाढीले सञ्चालनमा रहेका १३ तथा निर्माणाधीन १७ योजनामा व्यापक क्षति पुर्याएको थियो ।

४ हप्ता अगाडि

प्रतिक्रिया