‘सतीदेवी’को टिजर सार्वजनिक

२ हप्ता अगाडि

काठमाडौँ - लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । टिजरले समाजले छोरीप्रति गर्ने विभेदहरू झल्काएको छ । फिल्मले छोराको आशामा छोरी जन्माउने र समाजले छोरीलाई हेलाको सिकार बनाउन कथा उठाएको छ ।

फिल्ममार्फत निर्देशक सुवेदीले छोरीको अस्वीकार गर्ने पितृसत्तात्मक सोचलाई थुप्रै प्रश्न गरेका छन् । टिजरले पनि ति कुरो झल्काएको छ । फिल्मको कथा मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुम्छ । छोरी भएर पनि छोरासरह उभिएर परिवारलाई जोगाउन खोजेको कथा फिल्ममा देख्न सकिन्छ । पछिल्लो समय महिलाको मुख्य भूमिका रहेको फिल्म  बजार भित्रिन थालेको छ ।

‘सतीदेवी’ नारीप्रधान विषयमा बनेको एउटा सशक्त फिल्म भएको बताइन्छ ।फिल्मले दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितेको छ । यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका सुवेदीको यो तेस्रो फिल्म हो ।फिल्ममा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो फिल्मलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र गीत पनि सुवेदीकै छ । फिल्मको रिलिज मिति साउन ४ तोकिएको छ । फिल्ममा नारीको कथा राम्रोसँग बुनिएको भएकोले दर्शकलाई रुहाउने निर्देशक सुवेदीले बताए । ‘नारी कथाका केही फिल्म पहिले पनि आए । केही आउने तयारीमा पनि छन्’, सुवेदीले भने ‘‘सतीदेवी’ जस्तो कथामा फिल्म बनेकै छैन ।’ फिल्मले दर्शकलाई रुहाउने उनको भनाई छ ।

https://youtu.be/gOnIEBpOoTI

२ हप्ता अगाडि

प्रतिक्रिया