अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउमा किन आयो गिरावट  ?

१ हप्ता अगाडि

काठमाडाैं - नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.१६ रुरिपयाँ र बिक्री दर १३३.७६ रुपियाँ रहेकामा हिजो खरिद १३३.४० रुपियाँ र बिक्री १३४ रुपियाँ थियो ।  त्यस्तै, हिजो युरो १ को खरिद मूल्य १४२.९५ रुपियाँ र बिक्री मूल्य १४३.५९ रुपियाँ रहेको थियो । आज भने उक्त मुद्राको खरिद १४२.६८ रुपियाँ र बिक्री १४३.३२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, बुधबारका लागि पाउन्ड १ को खरिद दर १६८.९३ रुपियाँ र बिक्री १६९।६९ रुपियाँ तोकिएकामा अघिल्लो दिनचाहिँ खरिद १६९.०३ रुपियाँ र बिक्री १६९.७९ रुपियाँ थियो । doller

१ हप्ता अगाडि

प्रतिक्रिया