धितोपत्र बोर्ड छनोट - अनुपस्थित उम्मेदवारको आज  कार्यप्रस्तुती मूल्यांकन, होला सिफारिस

१ हप्ता अगाडि

काठमाडाैं - नेपाल धितोपत्र बोर्डको  अध्यक्ष छनोटमा अनुपस्थित उम्मेदवारको आज कार्यमूल्यांकन प्रस्तुति रहेको छ ।  सर्ट लिस्टमा पाँच जनाको रहेकोमा आइतबार तीनजना मात्र उपस्थित भएपछि पुन कार्यमूल्यांकन प्रस्तुत गर्न लागेको हो । आइतबार  सर्ट लिस्टमा परेका उम्मेदवार नै  उपस्थित नहुनुलाई राजनीति चलखेल भएको प्रष्ट बुझिन्छ ।

सर्टलिस्टमा परेका उम्मेदवार नै अन्तर्वार्तामा उपस्थित नभएपछि नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया थप लम्बिएको छ । अर्थ मन्त्रालयले आइतबार सर्टलिस्टमा परेका उम्मेदवारलाई कार्यमूल्यांकन तथा अन्तर्वार्ताका लागि बोलाएको थियो । सर्टलिस्टमा परेका पाँचजनामध्ये मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्र उपस्थिति भएका थिए । डा। नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईं भने अनुपस्थिति भएका हुन् । 

अध्यक्ष छनोट समितिले उपस्थित दुईजनाको मात्र कार्यमूल्यांकन तथा अन्तर्वार्ता लिएको छ । छुटेका तीनजनालाई भने बुधबार पुनः अन्तर्वार्ताका लागि बोलाइएको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको थिए।  सर्टलिस्टमा परेका उम्मेदवारमा हाल नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा .नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत  सिइओ कृष्णप्रसाद अधिकारी तथा बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं हुन् । धितोपत्र ऐनअनुसार छनोटमा परेका पाँचजनाबाट तीनजनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ । 

यसअघि पनि सर्टलिस्टमा परेकाको कार्यमूल्यांकन प्रस्तुतिलाई रोकेर अर्थमन्त्री वर्षमान पुन अमेरिकाको कार्यक्रममा भाग लिन गएका थिए । अध्यक्ष नियुक्तिका लागि गत ३ माघमा नै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका तत्कालीन सचिव डा। कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् ।

सिफारिस समितिले फागुन १६ गते १५ दिनको समयसीमा तोकेर दरखास्त आह्वान गरेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । जसमा पाँचजना सर्टलिस्टमा परेका थिए ।  रोचक त के छ भने तीनै जनाले सल्लाह गरेर आइतबार अनुपस्थिति भएका हुन् । स्रोतका अनुसार उनीहरु तीनजना मओवादी खेमामा उम्मेवादर हुन्। पछिल्ला समय राजनीतिक परिवर्तन हुन सक्ने खेल चलिरहेकोअबस्थामा उनिहरुको उपस्थित हुनुलाईलाई निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।आज तिनजनै उपस्थित भएमा सरकारले तीनजनालाई मन्त्रीपरिषद्मा आजै पेश गर्ने छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया