रोहितसँग नोकझोक गरेका बंगलादेशी किक्रेटलाई आइसीसीले गर्यो यस्तो कारवाही ?

१ हप्ता अगाडि

काठमाडाैं- टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धको म्याचमा नेपालका कम्तान रोहित पौडेलसँग नोकझोक परेका बंगलादेशी किक्रेटरलाई आइसीसीले कारवाही गरेको छ ।
फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो ।

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि कारवाही भोगेका हुन् । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीको खेलाडी आचारसंहिताको धारा २.१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई शरीरमा छुन पाउँदैन । अन फिल्ड अम्पायर असन राजा र साम नोगाज्स्कीको सिफारिसमा थर्ड अम्पायर जयरमन मदनगोपाल र फोर्थ अम्पायर कुमार धर्मसेनासमेत सहमत भएपछि कारवाही भएको हो ।

तान्जिमले आफ्नो गल्ति स्वीकार गरिसकेका छन् । उनले आफूलाई गरिएको सजाय पनि स्वीकारेकाले औपचारिक सुनवाइ गर्नु नपरेको आइसीसीले जनाएको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया