बर्खा लागेसँगै किन बढ्छ कालिमाटी तरकारी बजारमा हरियो तरिकारीको मूल्य

१ हप्ता अगाडि

काठमाडाैं -  फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज बुधबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।  कालिमाटी तरकारी बजारमा हरियो तरकारीको मूल्य बढ्नुमा वर्खा लागेसँगै सडक अवरुद्ध हुने गर्दछ । जसकोको कारण  अधिकांश  हरियो तरकारीको मूल्य बढ्ने गर्दछ ।

कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।  कालीमाटीमा आज पनि गोलभेँडा, फर्सी, बन्दा, भन्टा, चिचिन्डो, घिरौँलासहितका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा र सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ। 

सानो लोकल गोलभेँडा आज किलोको १४ रुपैयाँमा किनबेच हुँदा डल्ले च्याउ ३०६ रुपैयाँमा किनबेच भइरहेको छ।  त्यसैगरी आज बन्दा २३, मुला २६, लाम्चो भन्टा ३५, तने बोडी ४५, करेला ३६, चिचिन्डो २२, घिरौँला ३५, हरियो फर्सी ३०, भिन्डी ५६, तोरिको साग २५, कन्य च्याउ १७२ रुपैयाँ प्रतिकिलोका दरले किनबेच भइरहेको छ। यो सबै औसत मूल्य हो। 

kalimati tarkari

१ हप्ता अगाडि

प्रतिक्रिया