शौचालयमा मृत भेटिएका प्रहरी जवानको शव पोष्टमार्टमा लागि टिचिङ लगियो

१ हप्ता अगाडि

काठमाडौं- नयाँ बानेश्वरस्थित संसद भवनको शौचालयमा मृत भेटिएका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमा लागि महाराजगञ्जस्थित त्रिभुवन  शिक्षण अस्पताल (टिचिङ ) लगिएको छ। २३ वर्षीय गोलेले बुधबार बिहान ८ बजेतिर आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले  ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपीले बताएका छन् । 

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोले हाल संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया