न्यूरोडवासीहरु महानगरविरुद्ध उत्रिए

१ हप्ता अगाडि

काठमाडौं – न्यूरोडवासी स्थानीयहरु काठमाडौं महानगरका विरुद्ध प्रदर्शनमा उत्रिएका छन् । न्यूरोडलाई  महानगरले सवारी निषेध क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

न्युरोड क्षेत्रले नेपालकै ऐतिहासिक महत्व बोकेको हुनाले यसलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने स्थानीयहश्रको भनाइ छ । महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयले बताएका छन् । 

 महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावनाविरोधी रहेको स्थानीयहरुको भनाइ छ ।  स्थानीय बासिन्दाको सम्पति छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै उनीहरुले यसलाई मास्न नहुने धारणा राखेका छन् । न्यूरोडका स्थानीय मदन कुमार कार्की, शैलेशरत्न शाक्य लगायतले यस्तो धारणा व्यक्त गरेका छन् । 

त्यस्तै अर्का स्थानीय कोमल तुलाधरले न्यूरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउदा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुँदा असर पर्ने भएकाले विरोध जनाएको बताएका छन् ।

स्थानीयहरुले भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौं, न्यूरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो, सेभ न्यूरोडलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

१ हप्ता अगाडि

प्रतिक्रिया