रुसी राष्ट्रपति पुटिन  उत्तर कोरिया जानुका तीन कारण

१ हप्ता अगाडि

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानको राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरेका छन्।

विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए।

सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए।

युक्रेनमा युद्ध जारी रहेकाले उनको अस्त्र आवश्यकताका कारण पुटिनले प्योङ्याङ भ्रमण गरेको विज्ञहरू बताउँछन्।

पुटिन २४ वर्षपछि प्योङ्याङ गएका हुन्। सन् २००० मा उनले पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दा किम जङ इल सत्तामा थिए।

गत सेप्टेम्बरमा रुसको भोस्टोच्नी कोस्मोड्रोममा दुई नेताबीच भेटघाट भएको थियो। त्यहाँ किम जङ अनले दिएको निम्तो पुटिनले स्वीकार गरेका थिए।

दुई नेताबीच भएको त्यो भेटवार्तालाई दुई देशको सम्बन्धको आधार मान्ने हो भने प्योङ्याङमा भएको भ्रमणले उनीहरूले त्यसमा कति प्रगति गरेका छन् भन्ने देखाएको छ।

अब उनीहरूले गर्न सक्ने सैन्य सहकार्यमा अहिले विश्वको ध्यान केन्द्रित छ।

उनीहरूको भेटघाट सांस्कृतिक, कृषि, आर्थिक र पर्यटनको क्षेत्रमा पनि दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने अनुमान गरिएको छ ।

विचार गर्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा पुटिनले कसरी उत्तर कोरियाको अत्याधुनिक हतियार आदानप्रदान र आणविक योजनालाई सम्बोधन गर्छन् भन्ने पनि छ।

दक्षिण कोरियास्थित यूनिभर्सिटी अफ नोर्थ कोरियन स्टडिजुमा प्राध्यापन गर्ने किम किम डङ(युप किम र पुटिनको भेटघाट कुनै विस्तृत बहस हुने र परिणाम दिने मञ्चजस्तो नभई सामान्य कार्यक्रमको रूपमा रहने बताउँछन् ।

रुस दक्षिण कोरियासँगको आफ्नो सम्बन्धलाई पनि सुदृढ बनाउनुपर्ने अवस्थामा छ। त्यसैले रुसले यसलाई बिथोल्ने गरी उत्तर कोरिया–रुस सम्बन्ध विस्तार नगर्ने पनि अनुमान छ।


सैन्य : रुसलाई हतियार चाहिएको छ, उत्तर कोरियालाई प्रविधि

अमेरिकाले भर्खरै रुसी भूमिमा आक्रमण गर्न अमेरिकामा निर्मित हतियार प्रयोग गर्ने अनुमति दिएको छ
संयुक्त राज्य अमेरिकाले केही समयअघि युक्रेनलाई रुसी भूमिमा आक्रमण गर्न अमेरिकामा निर्मित हतियारहरू प्रयोग गर्ने अनुमति दिएको छ ।

रुसले युक्रेनमाथि गरेको आक्रमण गरेको साढे दुई वर्ष भइसकेको छ। अहिले रुस र उत्तर कोरिया आफूलाई चाहिने सामानका लागि एकअर्काप्रति ‍अझ निर्भर हुन थालेका छन्।

कोरिया यूनिभर्सिटीको एकीकरण र कूटनीति विभागमा प्राध्यापन गर्ने डा नम सङ–वुक पुटिन र किमबीच हुने भेटवार्ताको मुख्य विषयवस्तु उत्तर कोरियामा बनेका कति हतियार रुसमा पठाइन्छ भन्ने हुने बताउँछन्।


उनी दुई नेताबीचको छलफल परम्परागत हतियारको कारोबारसम्बन्धी सम्झौतामा मात्रै सीमित नहुने पनि ठान्छन्।

दुई देशबीच सैन्य सहकार्यलाई लिएर पनि सहमति हुन सक्ने सम्भावना छ। त्यसमा संयुक्त रूपमा हतियार प्रणालीको विकास गर्ने निर्णय पनि हुन सक्छ।

उत्तर कोरियाले पनि रुसलाई हतियार दिँदा खाद्यान्न र इन्धनबाहेक आफूलाई अरू सामग्री पनि खोज्ने देखिएको छ।

रुसमाथि कस्ता प्रतिबन्ध छन् ?

गत मे महिनामा सैन्य निगरानी उपग्रहको विफल प्रक्षेपणपछि उत्तर कोरियाले अन्तरिक्ष प्रविधिमा रुसको प्राविधिक सहायता माग्न सक्ने डा नम अनुमान गर्छन्। अन्तरिक्ष प्रविधिमा अब्बल रहेको रुसको सहयोग उत्तर कोरियालाई सफलतापूर्वक भूउपग्रह प्रक्षेपण गर्न महत्त्वपूर्ण हुन्छ।

उत्तर कोरियाले आफ्ना निगरानी उपग्रहहरूको क्षमता सुधार गर्न र आणविक पनडुब्बीको विकासका लागि रुसको सहायता खोज्ने अनुमान गरिएको छ। उनी आणविक अस्त्रको विषयमा कुनै पनि छलफल सार्वजनिक नहुने सम्भावना धेरै रहेको बताउँछन् ।

पुटिन युक्रेनमा भित्रिइरहेका पश्चिमा हतियार र तिनले रुसको मुख्यभूमिमा बढाएको त्रासलाई लिएर निकै संवेदनशील देखिन्छन्। उनले आणविक हतियारको सम्भावित प्रयोग हुन सक्ने कुरालाई पनि सङ्केत गरेका छन् ।

तर कोरियाली प्रायःद्वीप र उत्तरपूर्वी एशियामा आणविक सहकार्य वा आणविक हतियारको वितरण भएमा यसले छिमेकी देशका साथै संयुक्त राज्य अमेरिकाबाट पनि विरोध हुने डा नम बताउँछन् ।

त्यसैले पुटिन र किमको भेटवार्तामा यी विषयबारे छलफल हुने सम्भावना कम छ।

रोक्का गरिएका रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने सहमति

अर्थतन्त्र : रुसलाई जनशक्ति चाहिएको छ, उत्तर कोरियालाई विदेशी मुद्रा

रुस र उत्तर कोरियाबीच आर्थिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुने सम्भावना छ।

डङ–ए यूनिभर्सिटीमा राजनीतिशास्त्र र कूटनीतिका प्राध्यापक डा काङ डङ–वान उत्तर कोरियाले अहिले रुसमा ूकामदार पठाएर विदेशी मुद्रा आर्जन गर्नू चाहेको बताउँछन्। यसले उत्तर कोरियाले थप कामदार रुस पठाउने सम्भावनालाई पनि बढाउँछ।

यता रुसलाई पनि युद्धका कारण क्षतिग्रस्त भएका भवन र पूर्वाधारहरुको पुर्ननिर्माण गर्न र आफ्नो अर्थतन्त्रलाई सुधार्न जनशक्ति चाहिएको छ।

डा काङका अनुसार दुई नेताबीच उत्तर कोरियाबाट आप्रवासी कामदारहरू रुसमा ल्याउने विषयमा छलफल हुन सक्छ। युक्रेनमा सुरु भएको युद्धसँगै सैनिक परिचालन र युवाहरुको विदेश पलायनका कारण रुसमा अहिले कामदारको अभाव छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले लगाएका प्रतिबन्धले उत्तर कोरियालाई आफ्ना नागरिक विदेशमा काम गर्न पठाउन रोक्दै सन् २०१९ डिसेम्बर २२ भित्र सबै कामदारहरुको स्वदेश फिर्ता गर्न आदेश पनि दिएको थियो ।

सुरक्षा परिषद्को स्थायी सदस्य रहेको रुसले उत्तर कोरियाली कामदारहरू आफ्नो देशमा भित्र्याए अन्तराष्ट्रिय समुदायमा यसले ठूलो फाटो ल्याउने छ। सबैको ध्यान दुई देशले कसरी अन्तराष्ट्रिय विरोध र कूटनीतिक दबावका बीच आर्थिक सहकार्य गर्ने छन् भन्नेमा छ।
बिबिसी

१ हप्ता अगाडि

प्रतिक्रिया