झिनो अंले बढ्यो नेप्से, अन्य उपसुचक कस्तो ?

१ हप्ता अगाडि

काठमाडौं- साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २०७८ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ४८ हजार ७ सय ६ पटकको कारोबारमा ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ रुपैयाँ रहेको छ ।


त्यस्तै, आज १३ उपसमूहमध्ये ६ वटा बढेको छ भने ७ वटा घटेको छ । सर्वाधिक बढ्नेमा फाइनान्स कम्पनी रहेको छ भने घट्नेमा व्यापार र निर्माण कम्पनी रहेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव ५५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव १६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २३ अंकले बढेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया