पायोनियर मोटो कर्पको एसयुभिमा ४ वर्षसम्म निस्शुल्क इन्धन

१ हप्ता अगाडि

काठमाडौँ- निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयुभि निसान म्यागनाइटमा नयाँ योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म निस्शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्टु सहित महत्त्वपूर्ण बचतको मजा लिन सक्नेछन् । ब्रान्डले यस अफर मार्फत चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको कम्पनीले जनाएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले भने, “निसान म्याग्नाइट एसयुभि उत्कृष्ट पर्फमेन्स सहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयुभि हो, जसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाई बनेको छ । हामी हाम्रा नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू सहित यो नयाँ योजना प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ । यस्तै लाभदायक योजनाहरूबाट नयाँ प्रविधिलाई हाम्रो बढ्दो ग्राहकसामु पहुँचयोग्य बनाउनु यस योजनाको उद्देश्य हो ।”
 

१ हप्ता अगाडि

प्रतिक्रिया