महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत योजना

१ हप्ता अगाडि

काठमाडौं- अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले महिन्द्रा बोलेरो गाडीका ग्राहकलाई लक्षित गरी नयाँ योजना ल्याएको छ ।

कम्पनीले आगामी ९ देखि २१ असारसम्मका लागि ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको हो ।

यो योजना डेन्ट, पेन्ट र बाहिरी श्रममा लागु हुने छैन । यो अफरको लाभ उठाउन ग्राहकले कम्तीमा १ हजार रुपैयाँको स्पेयर पार्ट्स खरिद गर्नु पर्ने सर्त कम्पनीको छ ।बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठका अनुसार ग्राहकको सुविधाका लागि कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा मात्र लागु गरिएको छ । साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै योजना अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ ।

यसै योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्रि सर्भिसिङ, अग्नि हायर परचेज मार्फत सरल फाइनासिङ लगायत अन्य सुबिधा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया