जीकरले ७ वटा मोडलका नयाँ ईभी तयार पार्दै

६ दिन अगाडि

काठमाडौँ - चिनियाँ ईभी ब्राण्ड जीकरले सन् २०२६ सम्ममा थप ७ वटा मोडलका नयाँ ईभी लन्च गर्ने योजना बनाएको छ ।  जीकरले उक्त समय अवधीमा ४ वटा नयाँ एसयूभी, २ वटा एमपिभी र एउटा वागन ल्याउने योजना बनाएको हो ।

कम्पनीले ल्याउने तयारी गरेको जीकर ००७ स्टेशन वागन यूरोपेली बजारकै लागि भनेर विशेष डिजाइनमा तयार हुनेछ । यी ७ नयाँ मोडलमध्ये एउटा एमपीभी र एसयूभी यसै वर्ष लन्च हुने जनाइएको छ । यसैगरी, २०२५ मा ००७ स्टेशन वागन सहित थप ३ वटा मोडल र २०२६ मा बाँकी २ वटा मोडल लन्च गरिने कम्पनीले जनाएको छ ।

जीकरले हाल एक्स मोडलको क्रसओभर, ००१ लिफ्टब्याक, ००७ सेडान र ००९ मिनी भ्यान उत्पादन गरी बिक्री गर्दै आएको छ । जसमध्ये एक्स मोडल निकट भविष्यम नेपाल बिजारमा समेत आउने तयारीमा छ । जीकरलाई नेपाली बजारमा बिक्री वितरण गर्नेगरी हालै पायोनियर मोटोकर्पले आधिकारिक वितरकको जिम्मेवारी पाएको छ । जीली मातहतको प्रिमियम ईभी ब्राण्ड जीकरले सन् २०२१ देखी गाडी उत्पादन सुरु गरेको हो । 

६ दिन अगाडि

प्रतिक्रिया