६.९९५ मा नै हुन्डाई  भेन्यू खरिद गर्न सकिने

५ दिन अगाडि

काठमाडौं- नेपालको लागि हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको ‘मेड इन नेपाल’ भेन्यू बिक्री सुरु गरेको केहि समयपछि नै ग्राहकमैत्री स्कीम संचालनमा ल्याएको हो ।

‘हुन्डाई नेपालः मेड फर योर जर्नी’ नाम दिएर ल्याएको स्कीममा नेपालमा एसेम्बल भएको भेन्यू किन्ने ग्राहकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । कम्पनीले स्कीममा भेन्यू किन्ने ग्राहकलाई १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेशनले उत्पादन गर्ने भेन्यू कम्पनीले भारत वा कोरियाको प्लान्टबाट उत्पादन गर्ने सरहकै क्वालीटीमा तयार भएको कम्पनीको भनाइ छ । नेपालमा अहिले भेन्यू १।२ लिटर एस भेरियन्ट र एसएक्स उत्पादन हुँदै आएको छ । यसको मूल्य पनि क्रमशः ४४ लाख ९६ हजार र ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

कति पर्छ मासिक किस्ता ?

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ब्याजदरमा स्कीम दिएको कारण भेन्यूको मासिक किस्ता पनि कम नै पर्न जान्छ । भेन्यू एस भेरियन्ट किन्ने मानिसले मूल्यको ५० प्रतिशतले हुन आउने २२ लाख ४८ हजार रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्छ । बाँकी २२ लाख ४८ हजार रुपैयाँ ७ वर्ष भित्र भुक्तानी गर्ने गरी ६.९९ प्रतिशत ब्याजदरमा कर्जा लिँदा मारिक ३४ हजार हाराहारी किस्ता वापत भुक्तानी गर्नु पर्ने हुन्छ । त्यसैगरी भेन्यूको एसएक्स भेरियन्ट खरिद गर्नेले २६ लाख ७८ हजार रुपैयाँ कर्जा लिनु पर्छ । यसरी लिइएको कर्जा ७ वर्ष भित्र तिर्दा मासिक ४० हजार ४०५ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

५ दिन अगाडि

प्रतिक्रिया