सेरेस ३ को अपग्रेडेड भर्सन भोली सार्वजनिक हुदैँ

४ दिन अगाडि

काठमाडौं-  नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन भोलि (बुधबार) सार्वजनिक गर्ने भएको छ । 

नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक गर्न लागेको कम्पनीले जनाएको छ । सेरेसका अपग्रेडेड भर्सन बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लियरेन्स र स्लिक डिजाइनका कारण लोकप्रिय छ ।  सेरेस ३ को पहिलो भर्सन गत वर्षको नाडा अटो सोमा सार्वजनिक भएको थियो र यसले ईभीप्रेमीबाट प्रशंसा बटुलेको थियो । अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन् ।

यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि भएको कम्पनीको भनाइ छ । ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर नयाँ सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो । यसबाट यो एसयूभीलाई विश्वबजारले रुचाएको र विश्वास गरिएको प्रष्ट भएको बताइएको छ ।

४ दिन अगाडि

प्रतिक्रिया